Thaha

Sunday 22 September - 2:08 am NST

संसदको हिउँदे अधिवेशन आजदेखि  सुरु

काठमाडौं, १५ असोज । व्यवस्थापिका संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठकमा आज राष्ट्रपति डाक्टर रामवरण यादवले संसद आव्हान गरेको पत्र सभामुखले पढेर सुनाउने बाहेक अन्य कार्यसूची तय भइनसकेको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

संसद बैठक प्रारम्भ भएसँगै नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया पनि सुरु हुनेछ । संविधानको धारा २९८ अनुसार सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरिने छ । त्यसो हुन नसकेमा व्यवस्थापिका संसदमा कायम रहेका सम्पूर्ण सदस्य संख्याकोे बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचत हुने प्रावधान छ । अधिवेशन सुरु भएको २० दिनभित्र सभामुख र उपसभामुखको चयन गर्ने संवैधानिक प्रावधान छ ।

यस्तै अधिवेशन चालु रहेको अवस्थामा एक महिनाभित्र राष्ट्रपति तथा उपराष्ट्रपतिको नयाँ निर्वाचन हुने व्यवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिले कसलाई राजीनामा बुझाउने भन्ने व्यवस्था प्रष्ट नभएका कारण समस्या परेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति चयनका लागि नयाँ नियमावली बनाउनुपर्ने भएकाले त्यसको आवश्यक तयारी गरिएको संसद् सचिवालयले जनाएको छ । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।